| Home | NepalNews | Sports | WorldNews | Archive | Diaspora | Literature | Broadband | Awareness | Solutions | Careers | Feedback | Contact |
||||
|
||||
|
||||
इनेपाली सम्वाददाता, ४.जनवरी.२०१०, काठमाण्डौ - प्रधानमन्त्री माधवकुमार नेपालले घुस प्रकरणमा समातिएका दरवारमार्गका प्रहरी प्रमुख वामदेव गौतमलाई तत्काल निलम्बन गरी कारबाही प्रक्रिया अघि बढाउन कडा निर्देशन दिनुभएको छ । घुस प्रकरणमा संलग्न प्रहरी अधिकृतहरूलाई निलम्बन गरी कानुनी कारबाही अघि बढाउन प्रधानमन्त्रीले गृहमन्त्री र प्रहरी महानिरीक्षकलाई आज विशेष निर्देशन दिनुभएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार विष्णु रिजालले जानकारी दिनुभयो । पदीय दुरुपयोग र भ्रष्टाचार गर्ने जोकोही पनि सजायको भागिदार हुनुपर्नेमा जोड दिंदै प्रधानमन्त्री नेपालले घुस प्रकरणमा प्रत्यक्ष संलग्न तीनै प्रहरी अधिकृतको सन्दर्भमा व्यापक छानविन गरी प्रचलित नियम कानुनबमोजिम कारबाही गर्न आदेश दिनुभएको थियो । महानगरीय आयुक्तको कार्यालयका प्रमुखबाट सो घटनाका सर्न्दर्भमा व्यक्त र्सार्वजनिक धारणाप्रति पनि प्रधानमन्त्रीले गहिरो चासो प्रकट गर्नुभएको बताइएको छ । चोरीको मोटर साइकलसहित पक्राउ परेका प्रशान्त मल्ललाई छुटाउन घुस लिंदै गर्दा प्रहरी निरीक्षक गौतम, प्रहरी नायव निरीक्षक थापा र सहायक निरीक्षक पौडेल प्रहरीकै विशेष टोलीबाट यही पुस १६ गते बिहीवार रङ्गेहात समातिएका थिए । |
||||
|
||||
|
||||