Home | NepalNews | Sports | WorldNews | Archive | Diaspora | Literature | Broadband | Awareness | Solutions | Careers | Feedback | Contact
 
News From UAE
   
 
दुबईमा मजदुर समस्यामाथि पत्रकारहरूद्वारा विचार गोष्ठी
 
 

शेषनारायण झा

२६ डिसेम्बर, दुबई - नेपाल पत्रकार महासंघ यूएई सम्पर्क शाखाले यूएईमा नेपालीहरूको अवस्था, उनीहरूले भोगिरहेका समस्या, समाधानका उपाय र सम्भाव्यताहरू विषयक विचारगोष्ठी सम्पन्न गर्‍यो । हिजो बरदुबईको अरब उडूपी रेष्टुरेन्टमा नेपाली दूतावासका द्वितीय सचिव लोकबहादुर पौडेल क्षेत्रीको प्रमुख आतिथ्यमा उक्त गोष्ठी सम्पन्न भयो ।

1 2

शाखाका अध्यक्ष जाकिर हुसैनले कार्यपत्र प्रस्तुत गरेको उक्त कार्यक्रममा विभिन्न बुद्धिजीवी, व्यावसायी, समाजसेवी र दूतावासका कर्मचारीहरूले आफ्ना विचार राखे । नेपाली समाजका उपाध्यक्ष डा. आसिफ अली सिद्दिकीले समस्या, समाधान र अवसरबारे वृहद अध्ययन समेटिएको स्लाइड प्रस्तुत गरे ।

9

कार्यक्रममा बोल्दै दूतावासका द्वितीय सचिव लोकबहादुर पौडेल क्षेत्रीले भर्खरै अबुधाबीको अदालतमै एक जना नेपालीलाई हत्या गरेको विषयमा दूतावासबाट भइरहेका कार्यहरूबारे जानकारी गराए । उनले दुई तीन दिनभित्र नै यस समस्याबारे निक्र्यौलमा पुग्न सकिने बताए । उनले भने, "महामहिम राजदूत अर्जनबहादुर थापाले यस मामिलामा एसिया प्योफिक हेर्ने अधिकारीसँग भेट गरी परामर्श गरेका छन् ।"

8

त्यस्तै कार्यक्रममा विशेष अतिथि एनआरएनए आईसीसीका कोषाध्यक्ष रामेश्वर शाहले हामी मिहिनेती छौं भन्ने सन्देश र्सवत्र गएको छ भने । उनले भने, "जहाँ हामीलाई मेहनती भनिन्छ त्यहाँ हामीमा पाखुराको बल भएको बुझिन्छ । यसमा बुद्धिको बल कम रहेछ भन्ने पनि संगसँगै जोडिएर आएको हुन्छ । हामी दक्षभन्दा पनि अदक्ष छौं भन्ने कुरा संसारभरि बुझिएको छ । अब हामीले अदक्षभन्दा पनि दक्ष छौं भन्ने पहिचान बनाउनु आवश्यक छ । र, त्यसको लागि विभिन्न कार्यक्रम बनाउनु पर्दछ ।" उनले भने, "यहाँबाट आर्थिक मन्दीले गर्दा नेपाल र्फकेर जाने दक्ष जनशक्तिलाई नेपालमा प्रयोग गर्न सक्नु पर्दछ । मेट्रो प्रोजेक्टमा काम गर्ने ईन्जिनीयरहरू यहाँबाट फर्केर गएका छन् । भोलि नेपालमा मेट्रो प्रोजेक्टमा काम हुन्छ भने त्यसमा उनीहरूलाई प्रयोग गर्न सकिन्छ । हामीले यहाँबाट केही न केही सीप सिकेरै जान्छौं जुन भोलिको समयमा राज्यलाई लाभ नै हुन्छ ।"

5

त्यस्तै विशेष अतिथि श्रम सहचारी पार्वती अर्यालले भनिन, "यूएईमा ठूलो संख्यामा आएका नेपाली कामदारहरूलाई क्वान्टिटीबाट क्वालिटेटिव बनाउन सक्नु पर्दछ । त्यसको सम्भावना यूएईमा रहेको छ । यहाँको सन्दर्भमा यो एक सम्भावना पनि हो र चुनौति पनि ।"

11

केही दिनअघि एक ईजिप्शियन नागरिकद्वारा हत्या गरिएका दुई नेपाली मृतक रेशमलाल कुँवर र शिव बस्नेतको आत्माको चीर शान्तिका लागि एक मिनेटको मौनधारण गरिएको उक्त विचारगोष्ठीमा एनआरएनए एनसीसी यूएईका अध्यक्ष सी.एम. ढकालले भने, "अब हामी सुरक्षाको दृष्टिकोणले अत्यन्त भयभित अवस्थामा छौं । हाम्रो एक जना नेपाली भाइको अदालतमै हत्या भएको छ । तर, हामी सुनेका छौ, पढेका छौं तर बोल्न सकेका छैनौं किनभने हामी समृद्ध छैनौं । आज अमेरिकी वा बेलायती नागरिकको हत्या भएको भए उनीहरू यो अवस्थामा रहन्थेन ।"

16

"हामी हाम्रै कम्जोरीले गर्दा पनि कामबाट वञ्चित भएका छौं । अल हब्तूर भन्ने कम्पनीमा ९० जना कामदार एकै पटकमा निकालिएको कारण उनीहरूले गरेको तोडफोड यूनियनबाजी हो । आर्थिकमन्दीको प्रभाव परेको छ । मान्छेहरू फर्केर गएका छन् । यसले रेमिटेन्समा प्रभाव परेको छ ।" कार्यक्रममा बोल्दै प्रवासी नेपाली संघका महासचिव लोकनाथ सुवेदीले भने ।

18

कार्यक्रममा बोल्दै एनआरएनए आईसीसी सदस्य पि.एस. लिम्बूले भने, "समस्या नेपालबाटै शुरु हुन्छ । तर्सथ समस्याको समाधान नेपालबाटै गरिनु पर्दछ । नेपालमा गैह्र कानूनी तौरमा एजेन्टको काम गर्नेहरूलाई व्यवस्थापन गरी सरकारले लाईसेन्सको व्यवस्था गरिएमा धेरै समस्या न्युनिकरण हुनेछ । उनीहरूलाई लाईसेन्स दिंदा धरौटी राखेर मात्र दिइनु पर्ने गरी कानून बन्नु पर्छ ।"

13

त्यस्तै तमू समाजका महासचिव डि. आर. गुरुङले आम कामदारमा जनचेतना र उत्प्रेरणा जगाउनु पर्ने बताए ।

12

लुम्बिनी वेलफेयर सोसाईटीका अध्यक्ष डि.एल. शर्माले कामदारले भोगेका सेफ्टीसम्बन्धी समस्याहरूबारे प्रकाश पार्दै उनीहरूमा जनचेतना जगाउने खालका कार्यक्रमहरू ल्याउनु पर्ने बताए ।

19

"समाधानका उपायहरू नेपालबाटै हुनु पर्छ । हामी यहाँ बसेर अफगानिस्तान किन गयो, ईराक किन गयो भन्नु भन्दा पनि नेपाल सरकारले जान नदिएपछि समस्या समाधान भइहाल्छ ।" प्रवासी नेपाली संघका अध्यक्ष यामलाल शर्मा पंगेनीले भने ।

र्सवदा वाङमय प्रतिष्ठान यूएई शाखाका अध्यक्ष लक्ष्मण सापकोटाले भने, "राजदूतावासले आम नेपालीको हितमा कार्ययोजना बनाउनु पर्दछ । यहाँ आउने नेपालीहरू पहिले नेपालमै एजेन्टहरूबाट ठगिएका छन् । एजेन्टहरूले अधिकतम शुल्क लिने गरेका छन् ।"

8

"सांस्कृतिक, भाषागत समस्याहरू हाम्रा कामदारमा छन् । यहाँ त जनसंख्याको अनुपातमा धेरै समस्याहरू नै छैनन् । उत्प्रेरणामुलक सेमिनारहरू गर्न सकियो भने समस्याहरूलाई न्युन गर्न सकिन्छ । नेपालबाट यहाँ आउँदै नआउनु नै समस्याको सवभन्दा ठूलो समाधान हो । आउने नै हो भने आउनेलाई के सन्देश दिने भन्ने कुरातर्फ लाग्नु पर्दछ । कानूनी प्रावधान नजानेर हामीले समस्यासँग जुझेका छौं । त्यस्तै अहिले गरिएको यो गोष्ठीले ल्याएको निचोडको अनुगमन गर्ने मेकानिजम बनाउनु पर्दछ ।" एनसीसी यूएईका महासचिव सुरेश बस्यालले भने ।

7

एभरेष्ट बैंकका प्रतिनिधि बिनोद शाहले भने, "नेपालीहरूले आफ्नो आचरणमा सुधार ल्याउनु पर्दछ । एउटा काममा ल्याउने अर्को काममा लगाउने आदि समस्याहरू नेपालीहरूले भोगिरहेका छन् । बैंकिंग क्षेत्रमा राम्रो भएको छ । नेपालमा बैंक खाता खोल्दा न्युनतम १० हजार रुपैयाँले खुल्छ भने यहाँ हामीले शून्य ब्यालेन्समा खाता खोलिदिने गरेका छौं ।"

17

नियम पालन गरी आएका महिलाहरूले र अनुशासनमा बसेका महिलाहरूले दुःख पाएका छैनन् भने पाँचपोखरी समूहका अध्यक्ष पदम दोर्जे लिम्बूले ।

4 10

शाखाका सचिव शंकर ज्ञवाली संयोजक रहेको उक्त विचार गोष्ठी शाखाका सदस्य निमेष गिरीले सञ्चालन गरेका थिए । कार्यक्रममा उपाध्यक्ष खेमनाथ पौडेलले आगन्तुकहरूलाई स्वागत गरे भने कार्यक्रमको अन्तमा अर्का उपाध्यक्ष मानबहादुर थापाले धन्यवाद ज्ञापन गरे । त्यस्तै महासचिव जेपी सापकोटाले सहभागीहरूलाई धन्यवाद ज्ञापन गरे । अर्जुन दाहालले प्रोजेक्टर व्यवस्थापन गरेको यो कार्यक्रमको भिजुअल डिभीडी निर्माण गरी जनचेतना बढाउने उद्देश्यले नेपालसहित संसारका विभिन्न मुलुकमा पठाउने जानकारी शाखाका अध्यक्ष जाकिर हुसैनले दिएका छन् ।

 
Server Update Time:28-12-09 | 8:30 AM - GMT +5:45

All Rights Reserved © 2007 Nepal Gulf Media Network Pvt. Ltd.
Site Best viewed with 1024X768 pixels & IE 6+ | FireFox 2+

Site has been visited : stimes since Jan 2007.