| Home | NepalNews | Sports | WorldNews | Archive | Diaspora | Literature | Broadband | Awareness | Solutions | Careers | Feedback | Contact |
|||||
|
|||||
|
|||||
25-February-2009 शीमा आभाष, काठमाण्डौ
------------------------------------------- हरेक घण्टा झैं राति ११ बजे घण्टाघरको घडी ब्युँझियो । मस्त निदाएका घरलाई एक्कासी ब्युँझायो । सडकमा लुकिचोरी चटपटाइरहेका केटाकेटीका जमातलाई सचेत गरायो । फेरि लाटो बनेर उभिरह्यो घण्टाघर । घडीको अलार्मले ऊ ब्युँझियो । यताउति हेर्यो । थोरै ब्युँझिएको सहर फेरि निदायो । "कस्तो बेवारिसे भएर निदाइएछ ! कोही चिनेजानेका मान्छेले देखेका भए ... ...!" सम्हालियो । जिउ टक्टकायो । आङ तन्कायो । छेउको पर्खालमा अडेसा लाग्यो । यसो आकाशतिर हेर्यो । आफू अगाडिको ठूलो होर्डिङबोर्ड पढ्यो "सिम सित्तैंमा... ..." मनमनमा हाँस्यो "बेबकूफहरूको दुनिया“... ... !" |
|||||
"हैन, घुम्दै आएको रात पर्यो अनि यतै बसेको ।" ढाँटेर जवाफ दियो । |
|||||
उसलाई डर भनेकै आमाको मात्र छ । आमा रोएपछि आफैं कमजोर भएको महसुस गर्छ ऊ । उसलाई मन लागेको काम गर्न पाएन भने एकप्रकारको औडाहा हुन्छ मनमा । सानोमा जे चाह्यो त्यही पुर्याइदिएकी थिइन् आमाले । अहिले त हिसाब-किताब गरेर मात्रै उसको इच्छा पूरा हुन्छ ।
"आमा पनि कस्तो बाधा बन्न पुगेकी ! बूढियालाई केही भनुँ भनें रून थालिहाल्छिन् । आ“शु देखेपछि आफ्नै मुटु फुटेर आउँछ ... ...।" घण्टाघरजस्तै ऊ एक्लै छ सडकको पेटीमा । पर्खालमा अडेसा लागेर घु“डा ठड्याएर घुडामाथि दुइ हात राखेर दाहिने हातले देब्रे हातको नाडी पक्रिएर टोलाइरह्यो । हिजो आमालाई ढाँटेको एक्कासी याद आयो । साथीकोमा जान्छु भनेर सडकपेटीमा आएर बसेको छ । आमालाई सम्झीएर थोरै सकस मान्यो । दाहिने हातले देब्रे हातको नाडी बेस्सरी पक्रिएछ । नाडी भुतुक्क हुने गरी दुख्यो । नाडी हेर्यो सुन्निएको रहेछ । यसो सुम्सुम्यायो माथिसम्म नै दुखेको रहेछ । आफ्नै नाडीको माया लाग्यो । "कस्तो बेबकूङ्खयाँइ ... ...? आफ्नो नाडीको माया गर्नुपर्ने हालत ! आमाले थाहा पाए फेरि अर्कोचोटी न्वारान गराइदिन बेर छैन" आमाको डरलाग्दो रूप सम्झीयो "साह्रै कडा बूढियाको छोरा भइएछ ! आमाको खरो स्वभाव चेन्ज गर्न मिले पनि गर्नुहुन्थ्यो ... ..." आमालाई बदल्ने कुरा सोच्न थाल्यो । तर आमालाई बदल्ने सम्भावना देखेन । "कति बज्यो होला... ...?" समय थाहा पाउन खोज्यो । त्यहाँबाट उठ्यो । सडकको अर्को पेटीतिर गयो । राति खुल्ने नाङ्ले पसलको छेउमा गयो । एउटा चुरोट किन्यो । सल्कायो । परतिरपट्टीको सिमेन्टको विश्रामस्थलमा 'माथि' पहाडतिरबाट झरेका भरियाहरूको छेउमा गएर बस्यो । भरियाहरू चटपटाउन थालिसकेका थिए । 'क्याउव' भोक लागेजस्तो भयो । हिजो बिहानदेखि नै केही खाएको थिएन । भरियालाई सोध्यो "कहाँबाट आउनुभएको ?" "हैन, घुम्दै आएको रात पर्यो अनि यतै बसेको ।" ढाँटेर जवाफ दियो ।
खानेकुरा सम्झीएपछि मन मरेर आयो । आफ्नो सपना भाँचिएको सम्झीयो । साथै रोजीलाई पनि सम्झीयो । रोजीले उसको प्रेम प्रस्तावलाई स्वीकार्नै तीन माहिना लागेको थियो । रोजीलाई जसरी पनि यसपाली लाहुरे बन्छु । पोहोर परारजस्तो फालिन्न भनेको थियो । यसपालि पनि पोहोरजस्तै अन्तिम चरणमा पुगेर फालियो । "... ... अब रोजीलाई के भन्ने होला ?" टाउको हल्लाउँदै एकछिन सोच्यो र पिपलको फेदमा गएर बस्यो । "उसलाई प्रेम प्रस्ताव राख्ने ममात्र त हैन । अब्बुले पनि राखेको थियो । उसले त लाहुरेमा नाम पनि निकाल्यो । अब रोजी उसैस“ग नजिक भई भनें ... ...?" अब्बुलाई सम्झीएपछि रिसले निधारबाट चिटचिट पसिना आउन थाले । पहिला पनि रोजीलाई मन पराएकै निहुँमा अब्बुसँग खुकुरी हानाहान परेको थियो । खुकुरीले हानेको पाखुराको चोट छाम्दै अब्बु नजिक भए मारूला झै गरी मुठ्ठी कस्यो । कट्कट् गर्दै दाह्रा किट्यो । |
|||||
"र्याक नगर्न ! बल्ल त बानी छुटेको छ । फेरि खान्न यार ... ... ! रोजीले थाहा पाई भने ... ...?" बज्जुले गाँजा तान्न इन्कार गर्यो । |
|||||
"तीनपटकसम्म पनि लाहुरेमा नाम ननिस्किएपछि अब कहिले निस्केला त ?" लामो शास तान्छ । उज्यालो भएपछि बाटोमा घुमिरहन लाज लाग्यो । बसपार्कमा आयो र यताउति हेर्यो । कानको जाली फुटाउने गरी आएको बसको हर्नको कर्कश आवाजले त्यहाँ एकछिन पनि बस्न सक्दैन । अनि पेन्टको गोजीमा हात हालेर घोसे मुन्टो लगाउँदै भोटेपुलतिर लाग्यो । मासु पसलमा सुँगुर आधा जीउ लडाइ राखेको भेट्यो । गोजीमा हेर्यो । तर, पैसा थिएन । एक किलो मासु उधारो लियो । त्यही सुँगुरको मासु बोकेर घरतिर हान्नियो । कुकुर डोहोर्याउँदै गरेकी आमालाई बाटोमै भेट्यो । रोजीले भेटौँ भनेर प्रस्ताव राखे पनि भेट्न मानेन । 'भ्याँदिन' भनेर रोजीलाई टार्यो । रोजीलाई सम्झनेबित्तिकै फेरि उही पीडा बल्झीयो ।
लोरेन्सले बितेका दिनको चर्चा अघि बढायो "आँच् ! बज्जु त पनि अब हामीसँगै आ'को ? अस्ति नै ग्याङ्ग नछोड् भनेको मानिनस् त । हामीले त कति धेरै मोज गरिसक्यौ“, है रोहन !" "ला, यार ! आज फेरि 'श्रीगणेश' गर् लोरेन्सले गाँजा भरेको चुरोटको ठुटो दियो । "र्याक नगर्न ! बल्ल त बानी छुटेको छ । फेरि खान्न यार ... ... ! रोजीले थाहा पाई भने ... ...?" बज्जुले गाँजा तान्न इन्कार गर्यो । साथीहरूले जोगवनीबाट ल्याएको ब्राउन सुगर निकालेर स्टील पेपरमा खन्याए । त्यसको तल सलाई कोरेर आगो पारे । अनि दश रूपैयाँको नयाँ नोट बेरेर पालैपालो सबैजना ब्राउन सुगरको नस लिन थाले । छजना केटाहरू सडकदेखि दश मिटरभित्रको बाँझो जग्गाको भित्तामा झुम्म परेर लडे । राति अबेला बज्जु ब्युँझियो । अरू केटाहरूलाई झक्झकायो । ब्यूँझिएपछि फेरि नस लिन मन लाग्यो । फेरि स्टील पेपरमा पहिलाकै झै गरेर नस लियो । बिहान अबेलातिर घरमा गयो । आमाले कहाँ गएको बज्जु भनेर सोध्दै मात्र के थिइन् "जहाँ गए पनि के मतलब ?" आमालाई रूखो जवाफ दियो । रोजीलाई ठिक दश बजे यलम्बर पार्कमा भेट्यो । त्यसबेला ऊ अगि नै 'फुल' भइसकेको थियो । उसका राता आँखा देख्नेबित्तिकै रोजी रिसाइ "फेरि तिमी पहिलाकै बानीमा फर्किन थाल्यौ हैन ?"
"सरी रोजी अबदेखि यसो गर्ने छैन ।" बज्जु फर्किदैमात्र के थियो चार्ल्सले जोगवनी जाने हैन भनेर फोन गर्यो । चार्ल्सलाई जान्न भन्न पनि सकेन । रोजीसँग खाएको कसम बिर्सेर तीनवटा बाइकमा छजना केटा स्पीडमा जोगवनीतिर हुँइकिए । ब्राउनसुगर किन्ने पैसा पुग्न छाडेपछि फेरि सुइ लगाउन थाल्यो । पैसा नभएपछि घरमा सजाएर राखेका सामान पनि बेच्न थाल्यो । आमा नभएका बेलामा आमाका कपडा, चप्पल, घरका भाडाकुँडा जे पायो त्यही बेचेर घर रित्तो बनाइसकेको थियो । आजीत भएपछि पुलिसलाई बज्जु पक्रिदिनू भन्ने अनुरोध गरिन् आमाले । बज्जु नगरपालिकाको पछाडि बसेर सुइ लगाइरहेको अवस्थामा पुलिसले पक्रियो । प्रहरीले उसलाई थानामा ल्याएर थुन्यो । "कति भन्नुहुन्छ त्यति पैसा दिन्छु । छोरो पक्रन त लगाए“ । तर नकुटिदिनुहोला" फोन गरेर पुलिसलाई अनुरोध गरिन् बज्जुकी आमाले । केही दिन थानामा राखेपछि बज्जु फेरि छुट्यो । उसका साथीहरू सबै मिलेर एउटै सुइको प्रयोग गर्थे । सुइको प्रयोग गर्दा एचआइभी/एड्स लागेर दुइजना साथी दुइमहिनाको अन्तरालमा बिते । |
|||||
|
|||||
उसका पनि हातभरि सुइ लगाएको डोबमात्र थियो । जिउमा पनि कतै ठाउँ खाली थिएन । छाला जताततै छेडिएको मात्र थियो । बज्जुको शरीरमा सुइका डोबहरू थपिने क्रम झन् बढ्दै गयो । अब ऊ भात-पानी सबै बिर्सिएर सुइकै सहारामा बा“च्ने भइसकेको थियो । जीवनको अन्तिम अवस्थामा पुगिसकेको थियो ऊ । केही कुरा बँचाएको थिएन । आमाले पनि माया मारिसकेको भन्ने राम्रोसँग थाहा थियो उसलाई । आफै आफ्ना लागि बाचेको थिएन । थियो त सिर्फ सुइका लागि मात्र । साँझपर्नुअघि नै घण्टाघरको टुप्पामा पुग्यो । घण्टाघरको वरिपरि घुमेर हेर्यो । भेडेटारको डाँडातिर हेर्यो । नागवेली परेर धरानदेखि भेडेटारसम्म तन्किएको सडकमा मोटरसाइकलमा घुम्न गएको स्मरण गर्यो । फेरि विजयपुरको डाँडोतिर फर्कियो । कक्षा छाडेर घुम्न गएको कुरा स्मरणलाई ताजै बनायो । कोका, बराहाक्षेत्र, तमोरका किनार, चतारा सबै ठाउँ कक्षा छोडेरै घुम्न गएको थियो ऊ । धरान आसपासका घुम्ने ठाउँहरू केही पनि बाकी राखेन । उसको मस्तिष्कमा विराटनगर, जोगवनीदेखि सिलिगुढीसम्म पुगेको स्मरण फनफनी घुमिरहेको थियो । जीवनको अन्तिम क्षणसम्म उसले आफ्नो छालालाई सुःख दिएन । बेला न कुबेला घोचिरह्यो । अनि अन्तिम विकल्पका रूपमा लिङ्गमै सुइ लगायो । सुइ राम्रोस“ग पास नभएपछि लिङ्ग सुन्निन थाल्यो । अरूलाई देखाउन पनि सकेन । साह्रो गाँठो बस्यो । अस्पताल जाँदै थियो । सिद्धार्थचोकमा पुगेर फेरि फर्कियो । खुट्टै नचल्नेगरी दुख्यो उसलाई । सुन्निएको घाउ फुटेर पानी बग्न थालेपछि टेम्पो चढेर घरतिर आयो । झर्दा तिर्ने पैसा पनि थिएन । टेम्पोबाट उत्रेपछि मलीन स्वरले "पैसा छैन बाँकीमा भयो" भन्दै ऋण बोकेर खल्च्याङ्-खल्च्याङ् गर्दै घरतिर लाग्यो । दिउँसोको बाह्र बजेतिरमात्र घर पुग्यो । गेटबाट छिर्नेबित्तिकै कुकुर भुक्यो । कुकुरले त बिर्सिएको रहेनछ भन्ने सोचेर आ“खाभरि आँसु पार्यो । घरमा कोही पनि थिएनन् । बाहिरको खाटमा सुत्यो । रक्सी खाएको बेलामा आमाले गाली गर्दा "... ... तुहिनका दुःखले बाँचेको ... ..." भनेर गाली गरेको सम्झीयो । "तुहिन पाएको भए नै बेस हुने थियो" आमाको मायामा पनि प्रश्नचिन्ह लगायो । फेरि आमाले नै पुलिसलाई पक्रन लगाएको सम्झीएर मुटुभरि दुख्यो । |
|||||
उसले बारम्बार दुख्नुभन्दा कहिल्यै नदुख्ने र नब्युँझिने गरी पूर्णविराम लागेकै जाति ... ...!" |
|||||
गणेशदाइले "बज्जु ... बज्जु ..." भन्दै बोलाए । उसको आवाज बन्द भइसकेको थियो । कुकुर एकोहोरिएर बज्जुलाई हेर्दै भुकिरहेको थियो । गणेशदाइ बज्जुलाई बोलाएर थाकिसकेका थिए । तरकारी र घरायसी सामान, चारपाँच जोर चप्पल बोकेर बज्जुकी आमा आइपुगिन् । बज्जुकी आमा छोराको हात सुम्सुम्याउ“दै आँखाबाट झरिरहिन् । छोरालाई काखमा सुताएर रूँदै भनिन् "घरका सामान पालौ पालो हराउँथे । बाहिरबाट आउँदा फेरेर राखेका कपडा बेचिएका हुन्थे । लगाएका चप्पल बेचिन्थे । घर सजाएर राखेका सामान हुँदैनथे । बेच्न मिल्नेजति सामान बेचेर घर पूर्णरूपमा रित्तिसकेको थियो । सँधै झगडा गरेर आउँथ्यो । पुलिसले पक्रिएर लैजान्थ्यो । उसले जतिसुकै ठूलो बिगार गरे पनि अरूले कुटेको हेर्नुपर्दा मुटुमा भालाले हानेजस्तो हुन्थ्यो । आफ्नो सन्तान अर्काको हातबाट कुटिएको कसले हेर्न सक्छ ? छोराका अनुहारका नीला दाग र छिया-छिया परेको शरीर हेर्दा आफ्नै छाती चाल्नो भएर चुहिन थालेको छ । वास्ता नगरौं भन्दा पनि मायाले मान्दो रहेनछ । 'भित्र' कहाँ-कहाँ फुटेर आउँछ । छोराले बिगार गरेपछि पुलिसले कुटेको र अनुहारका नीला दाग देखेपछि भक्कानो चल्छ । आफूले कति माया गरेर रातदिन नभनी हुर्काएको छोरो पुलिसका हातबाट बेतका लौराले सुम्ला पार्दा मेरै मुटु घाइते भएको छ । कुटाइ उसले खान्छ तर मलाई दुख्छ । उसले जति ठूलै गल्ती गरे पनि मायाले सन्तानको गल्ती छोप्दोरहेछ । मान्छेले संसार जिते पनि सन्तानसँग हार्दोरहेछ ।" छोराका गालामा सुम्सुम्याएर "हरदिन अर्धमृत छोरो हेर्नुपर्थ्यो" चिम्म गरेर निदाएको छोरो हेरेर आँशुमा छचल्किँदै उनले भनिन् "... ...आखिर छोरो मेरा लागि दुखिरहने घाउ बन्यो । छोराका नीला दागमाथि दोहोर्याई तेहेर्याई दाग थपिन्थे । पटक-पटक पुलिसलाई छोरो पक्रिदेओ भनेर अनुरोध गर्नु र पुलिसले कुटेको हेर्नुपर्थ्यो । उसले बारम्बार दुख्नुभन्दा कहिल्यै नदुख्ने र नब्युँझिने गरी पूर्णविराम लागेकै जाति ... ...!" उनी छोराको छातीमा घोप्टो परिरहिन् । |
|||||
|
|||||
|
|||||