Home | NepalNews | Sports | WorldNews | Archive | Diaspora | Literature | Broadband | Awareness | Solutions | Careers | Feedback | Contact
 
MY Story
     
 
पूर्ण विराम
 
 

25-February-2009
enepalionline.com |Story|

शीमा आभाष, काठमाण्डौ

-------------------------------------------

हरेक घण्टा झैं राति ११ बजे घण्टाघरको घडी ब्युँझियो । मस्त निदाएका घरलाई एक्कासी ब्युँझायो । सडकमा लुकिचोरी चटपटाइरहेका केटाकेटीका जमातलाई सचेत गरायो । फेरि लाटो बनेर उभिरह्यो घण्टाघर । घडीको अलार्मले ऊ ब्युँझियो । यताउति हेर्‍यो । थोरै ब्युँझिएको सहर फेरि निदायो ।

"कस्तो बेवारिसे भएर निदाइएछ ! कोही चिनेजानेका मान्छेले देखेका भए ... ...!" सम्हालियो ।

जिउ टक्टकायो । आङ तन्कायो । छेउको पर्खालमा अडेसा लाग्यो ।
"कति साह्रो जिउ दुखेछ । कस्तो सुनसान यो गल्ली !" मनमनमा सोच्यो ।

यसो आकाशतिर हेर्‍यो । आफू अगाडिको ठूलो होर्डिङबोर्ड पढ्यो "सिम सित्तैंमा... ..." मनमनमा हाँस्यो "बेबकूफहरूको दुनिया“... ... !"
उसलाई फेरि निदाउन मन लाग्यो । पर्खालमा अडेस लागेर आ“खा चिम्लिन खोज्यो । तर निदाउन सकेन ।
"यो बाटोमा निदाएँ भने ... ...? चिनेका मान्छेले घरमा भनिदिए भने ... ...? बूढियाले त कूचोले बजाउनेछिन् ... ...!" आमादेखि डरायो ।

 
   
"हैन, घुम्दै आएको रात पर्‍यो अनि यतै बसेको ।" ढाँटेर जवाफ दियो ।
"ए ...! अनि बाबुको घर ... ...-"
"खै केहि खाजा खाउँ भनेको होटल खुलेकै छैनन् ।" कुरा मोड्यो र खल्तीमा पैसा छैन भन्ने थाहा हुँदा हुँदै पनि होटलमा खाने गफ लडायो ।
"बाबुलाई भोक लागेको रहेछ । मकैका सातु खानुहुन्छ त बाबु -" छेउको ढाकर तान्दै रूमालको पोको खोल्न खोजे ।
   
 

उसलाई डर भनेकै आमाको मात्र छ । आमा रोएपछि आफैं कमजोर भएको महसुस गर्छ ऊ । उसलाई मन लागेको काम गर्न पाएन भने एकप्रकारको औडाहा हुन्छ मनमा । सानोमा जे चाह्यो त्यही पुर्‍याइदिएकी थिइन् आमाले । अहिले त हिसाब-किताब गरेर मात्रै उसको इच्छा पूरा हुन्छ ।

 

"आमा पनि कस्तो बाधा बन्न पुगेकी ! बूढियालाई केही भनुँ भनें रून थालिहाल्छिन् । आ“शु देखेपछि आफ्नै मुटु फुटेर आउँछ ... ...।"
सानो ढुङगो टिपेर आफू अगाडिको पर्खालमा हान्यो । ढुङ्गो पर्खालमा बज्रिएर टुक्रा-टुक्रा भयो । ढुङ्गा टुक्रिएको हेर्‍यो । त्यसैमा टोलायो ।

घण्टाघरजस्तै ऊ एक्लै छ सडकको पेटीमा । पर्खालमा अडेसा लागेर घु“डा ठड्याएर घुडामाथि दुइ हात राखेर दाहिने हातले देब्रे हातको नाडी पक्रिएर टोलाइरह्यो । हिजो आमालाई ढाँटेको एक्कासी याद आयो । साथीकोमा जान्छु भनेर सडकपेटीमा आएर बसेको छ । आमालाई सम्झीएर थोरै सकस मान्यो । दाहिने हातले देब्रे हातको नाडी बेस्सरी पक्रिएछ । नाडी भुतुक्क हुने गरी दुख्यो । नाडी हेर्‍यो सुन्निएको रहेछ । यसो सुम्सुम्यायो माथिसम्म नै दुखेको रहेछ । आफ्नै नाडीको माया लाग्यो ।

"कस्तो बेबकूङ्खयाँइ ... ...? आफ्नो नाडीको माया गर्नुपर्ने हालत ! आमाले थाहा पाए फेरि अर्कोचोटी न्वारान गराइदिन बेर छैन" आमाको डरलाग्दो रूप सम्झीयो "साह्रै कडा बूढियाको छोरा भइएछ ! आमाको खरो स्वभाव चेन्ज गर्न मिले पनि गर्नुहुन्थ्यो ... ..." आमालाई बदल्ने कुरा सोच्न थाल्यो । तर आमालाई बदल्ने सम्भावना देखेन ।

"कति बज्यो होला... ...?" समय थाहा पाउन खोज्यो ।
साथमा घडी थिएन । मध्ये आकाशमा लाखौं ताराका बीचमा आफ्नो टाउका माथि चन्द्रमा झुण्डिरहेको देख्यो । रातको साँढे दुइबजेको होला । जून हेरेर समयको अन्दाज लगायो ।

त्यहाँबाट उठ्यो । सडकको अर्को पेटीतिर गयो । राति खुल्ने नाङ्ले पसलको छेउमा गयो । एउटा चुरोट किन्यो । सल्कायो । परतिरपट्टीको सिमेन्टको विश्रामस्थलमा 'माथि' पहाडतिरबाट झरेका भरियाहरूको छेउमा गएर बस्यो । भरियाहरू चटपटाउन थालिसकेका थिए ।

'क्याउव' भोक लागेजस्तो भयो । हिजो बिहानदेखि नै केही खाएको थिएन । भरियालाई सोध्यो "कहाँबाट आउनुभएको ?"
"पहाडतिरबाट आएको बाबु ! दशैंमा यसो लुगाफाटा, चिया-मसला लिनुपर्‍यो भनेर झरेको । यति राति बाबु कहाँबाट आउनुभएको ?" बूढो-बूढो लाग्ने आर्यन अनुहारले जवाफ र प्रश्न एकैसाथ गरे ।

"हैन, घुम्दै आएको रात पर्‍यो अनि यतै बसेको ।" ढाँटेर जवाफ दियो ।
"ए ...! अनि बाबुको घर ... ...-"
"खै केहि खाजा खाउँ भनेको होटल खुलेकै छैनन् ।" कुरा मोड्यो र खल्तीमा पैसा छैन भन्ने थाहा हुँदा हुँदै पनि होटलमा खाने गफ लडायो ।
"बाबुलाई भोक लागेको रहेछ । मकैका सातु खानुहुन्छ त बाबु -" छेउको ढाकर तान्दै रूमालको पोको खोल्न खोजे ।
सातु भन्नेबित्तिकै नाक खुम्चायो "नखाने बाजे ?"
"सातु त राम्रा छन् खाने भए ... ...।"
"हैन बाजे ... ... । मैले बाजेको खाजा खाए“ भनें फेरि के खानुहुन्छ ?"

 

खानेकुरा सम्झीएपछि मन मरेर आयो । आफ्नो सपना भाँचिएको सम्झीयो । साथै रोजीलाई पनि सम्झीयो । रोजीले उसको प्रेम प्रस्तावलाई स्वीकार्नै तीन माहिना लागेको थियो । रोजीलाई जसरी पनि यसपाली लाहुरे बन्छु । पोहोर परारजस्तो फालिन्न भनेको थियो । यसपालि पनि पोहोरजस्तै अन्तिम चरणमा पुगेर फालियो ।

"... ... अब रोजीलाई के भन्ने होला ?" टाउको हल्लाउँदै एकछिन सोच्यो र पिपलको फेदमा गएर बस्यो । "उसलाई प्रेम प्रस्ताव राख्ने ममात्र त हैन । अब्बुले पनि राखेको थियो । उसले त लाहुरेमा नाम पनि निकाल्यो । अब रोजी उसैस“ग नजिक भई भनें ... ...?" अब्बुलाई सम्झीएपछि रिसले निधारबाट चिटचिट पसिना आउन थाले । पहिला पनि रोजीलाई मन पराएकै निहुँमा अब्बुसँग खुकुरी हानाहान परेको थियो । खुकुरीले हानेको पाखुराको चोट छाम्दै अब्बु नजिक भए मारूला झै गरी मुठ्ठी कस्यो । कट्कट् गर्दै दाह्रा किट्यो ।

 

"र्‍याक नगर्न ! बल्ल त बानी छुटेको छ । फेरि खान्न यार ... ... ! रोजीले थाहा पाई भने ... ...?" बज्जुले गाँजा तान्न इन्कार गर्‍यो ।
"माँ कसम ! खा'न यार खा । पहिला नि नखाएको भा'पो !" चार्ल्सले जबरजस्ती गर्‍यो ।
बज्जु, चार्ल्सले त्यति भनिसकेपछि सटासट चुरो तान्न थाल्यो ।

"तीनपटकसम्म पनि लाहुरेमा नाम ननिस्किएपछि अब कहिले निस्केला त ?" लामो शास तान्छ ।
निराश बनेर भौतारिरहेको छ । लाहुरे बन्छु भनेर आमालाई दिएको वचन र आमाको छोरो लाहुरे बनाउने सपना सडकभरि छरिएको देख्छ ।
"समकालीन साथीहरू सबै लाहुरे बन्ने भए । अर्को वर्ष त उनीहरूको शान नै अर्को हुनेछ । मचाहि ... ...?" सासै रोकिएजस्तो अनुभव गर्छ ।
घर र्फकन मनै लाग्दैन । रोजीलाई एकपटक फोन गर्न पाए हुन्थ्यो भन्ने सोच्छ । फेरि आफूलाई सम्हाल्छ । उज्यालो भएपछि गर्छु भन्दै तरकारी मण्डीतिर लाग्छ । हिंड्ने पटक्कै जा“गर छैन । तैपनि खुट्टा घिसार्दै अघि बढ्छ । कपडा पनि जीउमै बेवारिसे भएका छन् ।

उज्यालो भएपछि बाटोमा घुमिरहन लाज लाग्यो । बसपार्कमा आयो र यताउति हेर्‍यो । कानको जाली फुटाउने गरी आएको बसको हर्नको कर्कश आवाजले त्यहाँ एकछिन पनि बस्न सक्दैन । अनि पेन्टको गोजीमा हात हालेर घोसे मुन्टो लगाउँदै भोटेपुलतिर लाग्यो । मासु पसलमा सुँगुर आधा जीउ लडाइ राखेको भेट्यो । गोजीमा हेर्‍यो । तर, पैसा थिएन । एक किलो मासु उधारो लियो । त्यही सुँगुरको मासु बोकेर घरतिर हान्नियो ।

कुकुर डोहोर्‍याउँदै गरेकी आमालाई बाटोमै भेट्यो ।
"बज्जु ! छिटै पो आइछस् त ?" आमाले यसोभन्दा पनि गाली गरेजस्तो लाग्छ । उसलाई आमा त बोल्दै नबोले पनि हुने लाग्छ । आमा घरभित्र छिर्नै नपाई रोजीको मोबाइलमा फोन हान्यो । रोजीले फोन उठाइ । राम्रो रेस्पोन्स गरी । उसलाई रोजीको बोलीले पनि गाली नै गरेजस्तो लाग्यो ।

रोजीले भेटौँ भनेर प्रस्ताव राखे पनि भेट्न मानेन । 'भ्याँदिन' भनेर रोजीलाई टार्‍यो । रोजीलाई सम्झनेबित्तिकै फेरि उही पीडा बल्झीयो ।
आफ्ना पुराना साथीहरूको याद आयो । रोहन, जेम्स, लोरेन्स, विन्स, चार्ल्स उसका रिलिफ पार्टनरहरू हुन् । उनीहरूसँगै गएर बस्न मन लाग्यो । रोहनलाई फोन गर्‍यो । जोगवनीमा पुगेको रहेछ । अनि ऊ पनि बाइक लिएर इटहरीतिरै लम्कियो । इटहरी पुगेको केही समयपछि जोगवनीबाट साथीहरू आइपुगे ।

 

लोरेन्सले बितेका दिनको चर्चा अघि बढायो "आँच् ! बज्जु त पनि अब हामीसँगै आ'को ? अस्ति नै ग्याङ्ग नछोड् भनेको मानिनस् त । हामीले त कति धेरै मोज गरिसक्यौ“, है रोहन !"
विन्सले भन्यो "अँ त यार ! यल्लाई लाहुरे नभीडी भएन । हामीले त पहिल्यै हुँदैन भनेकै हो नि । छालाजति चाल्नोजस्तो बनाको छस् । फेरि लाहुरे भीड्ने ?" व्यङ्ग्य हान्यो ।

"ला, यार ! आज फेरि 'श्रीगणेश' गर् लोरेन्सले गाँजा भरेको चुरोटको ठुटो दियो ।
"माँ कसम ! यल्लाई यो ठुटाले छुन्छ र भनेको ?" चार्ल्सले भन्यो "हातभरि सुइको घाउ अहिले पनि छ । केको लाहुरे भीड्न लागेको नि । तेरो हुँदैन त हामीले पहिल्यै भनेको हो नि ।"

"र्‍याक नगर्न ! बल्ल त बानी छुटेको छ । फेरि खान्न यार ... ... ! रोजीले थाहा पाई भने ... ...?" बज्जुले गाँजा तान्न इन्कार गर्‍यो ।
"माँ कसम ! खा'न यार खा । पहिला नि नखाएको भा'पो !" चार्ल्सले जबरजस्ती गर्‍यो ।
बज्जु, चार्ल्सले त्यति भनिसकेपछि सटासट चुरो तान्न थाल्यो ।

साथीहरूले जोगवनीबाट ल्याएको ब्राउन सुगर निकालेर स्टील पेपरमा खन्याए । त्यसको तल सलाई कोरेर आगो पारे । अनि दश रूपैयाँको नयाँ नोट बेरेर पालैपालो सबैजना ब्राउन सुगरको नस लिन थाले ।

छजना केटाहरू सडकदेखि दश मिटरभित्रको बाँझो जग्गाको भित्तामा झुम्म परेर लडे । राति अबेला बज्जु ब्युँझियो । अरू केटाहरूलाई झक्झकायो । ब्यूँझिएपछि फेरि नस लिन मन लाग्यो । फेरि स्टील पेपरमा पहिलाकै झै गरेर नस लियो ।

बिहान अबेलातिर घरमा गयो । आमाले कहाँ गएको बज्जु भनेर सोध्दै मात्र के थिइन् "जहाँ गए पनि के मतलब ?" आमालाई रूखो जवाफ दियो ।
आमा भान्साको काम गर्दै थिइन् । दराज खोल्यो र पाँच हजार निकालेर आमालाई सोध्दै नसोधी निस्किएर हिँड्यो । बाटोमा पुगेर रोजीलाई फोन गर्‍यो । रोजीले भेटौ भनेर प्रस्ताव राखी । उसलाई रोजीले स्वीकार्छे भन्ने विश्वास पनि हराइसकेको थियो । रोजीलाई यलम्बर पार्कमा दश बजे भेट्ने समय दियो ।

रोजीलाई ठिक दश बजे यलम्बर पार्कमा भेट्यो । त्यसबेला ऊ अगि नै 'फुल' भइसकेको थियो । उसका राता आँखा देख्नेबित्तिकै रोजी रिसाइ "फेरि तिमी पहिलाकै बानीमा फर्किन थाल्यौ हैन ?"

 

"सरी रोजी अबदेखि यसो गर्ने छैन ।"
"पहिला पनि गर्दिन भनेकै हौ नि तर ... ..?"
"... ...प्रमिस्, तिम्रो कसम ... ...!" रोजीको टाउकामा हात राखेर कसम खायो ।
"तिमी अब के गर्र्छौ ?" बज्जुको कपाल सुम्सुम्याउँदै रोजीले सोधी ।
"के गरौँ भनन" रोजीको हात समात्दै भन्यो ।
"म त के भन्छु र ? जे ठिक लाग्छ त्यही गर" रोजीले निर्णय दिन सकिन ।
क्यान्टिनमा छिरेर खाजा खाए दुवैले । बज्जुले बाइकबाटै रोजीलाई चुम्बन दियो । अनि रोजीलाई घरसम्म पुर्‍यायो ।

बज्जु फर्किदैमात्र के थियो चार्ल्सले जोगवनी जाने हैन भनेर फोन गर्‍यो । चार्ल्सलाई जान्न भन्न पनि सकेन । रोजीसँग खाएको कसम बिर्सेर तीनवटा बाइकमा छजना केटा स्पीडमा जोगवनीतिर हुँइकिए ।

बज्जु साथीस“ग मिलेर सँधै जोगवनी जानु त दिनचर्या नै भयो । बेलाबेलामा रोजीलाई भेट्थ्यो । ऊ रोजीलाई त्याग्न तयार भयो तर नशा त्याग्नै नसक्ने भयो । हुँदा हुँदा रोजीसँग भेट्न पनि छाड्यो । दुब्लाएर प्रयोगशालामा राख्ने मानव कंकालजस्तो हुन खोज्दै थियो ऊ । ब्राउनसुगर किन्नका लागि घरबाट पैसा चोर्थ्यो । दराजको साँचो नभेटेपछि दराज नै फुटाएर पैसा चोर्‍यो ।

ब्राउनसुगर किन्ने पैसा पुग्न छाडेपछि फेरि सुइ लगाउन थाल्यो । पैसा नभएपछि घरमा सजाएर राखेका सामान पनि बेच्न थाल्यो । आमा नभएका बेलामा आमाका कपडा, चप्पल, घरका भाडाकुँडा जे पायो त्यही बेचेर घर रित्तो बनाइसकेको थियो ।

आजीत भएपछि पुलिसलाई बज्जु पक्रिदिनू भन्ने अनुरोध गरिन् आमाले । बज्जु नगरपालिकाको पछाडि बसेर सुइ लगाइरहेको अवस्थामा पुलिसले पक्रियो । प्रहरीले उसलाई थानामा ल्याएर थुन्यो ।

"कति भन्नुहुन्छ त्यति पैसा दिन्छु । छोरो पक्रन त लगाए“ । तर नकुटिदिनुहोला" फोन गरेर पुलिसलाई अनुरोध गरिन् बज्जुकी आमाले ।

केही दिन थानामा राखेपछि बज्जु फेरि छुट्यो । उसका साथीहरू सबै मिलेर एउटै सुइको प्रयोग गर्थे । सुइको प्रयोग गर्दा एचआइभी/एड्स लागेर दुइजना साथी दुइमहिनाको अन्तरालमा बिते ।

 
पीप र रगत बग्न थाल्यो । असह्य र अचेतन बनेर "ह्या .... ...ह्या... ..." गर्दै कराउन थाल्यो ।

उसका पनि हातभरि सुइ लगाएको डोबमात्र थियो । जिउमा पनि कतै ठाउँ खाली थिएन । छाला जताततै छेडिएको मात्र थियो ।
रोजी र उसको सम्बन्ध पूर्णरूपमा टुटिसकेको थियो । रोजीको सपना लाहुरेसँग बिहे गर्नु थियो । उसका बाउआमाको सपना लाहुरे ज्वाइँ पाउनु थियो । सिंगापुरको लाहुरेसँग रोजीको विवाह भयो । रोजीले बिहेमा बोलाए पनि बज्जु बिहेका दिन सुइ लाएर झुम्मिएरै बसिरह्यो ।

बज्जुको शरीरमा सुइका डोबहरू थपिने क्रम झन् बढ्दै गयो । अब ऊ भात-पानी सबै बिर्सिएर सुइकै सहारामा बा“च्ने भइसकेको थियो । जीवनको अन्तिम अवस्थामा पुगिसकेको थियो ऊ । केही कुरा बँचाएको थिएन । आमाले पनि माया मारिसकेको भन्ने राम्रोसँग थाहा थियो उसलाई । आफै आफ्ना लागि बाचेको थिएन । थियो त सिर्फ सुइका लागि मात्र ।

साँझपर्नुअघि नै घण्टाघरको टुप्पामा पुग्यो । घण्टाघरको वरिपरि घुमेर हेर्‍यो । भेडेटारको डाँडातिर हेर्‍यो । नागवेली परेर धरानदेखि भेडेटारसम्म तन्किएको सडकमा मोटरसाइकलमा घुम्न गएको स्मरण गर्‍यो । फेरि विजयपुरको डाँडोतिर फर्कियो । कक्षा छाडेर घुम्न गएको कुरा स्मरणलाई ताजै बनायो । कोका, बराहाक्षेत्र, तमोरका किनार, चतारा सबै ठाउँ कक्षा छोडेरै घुम्न गएको थियो ऊ । धरान आसपासका घुम्ने ठाउँहरू केही पनि बाकी राखेन । उसको मस्तिष्कमा विराटनगर, जोगवनीदेखि सिलिगुढीसम्म पुगेको स्मरण फनफनी घुमिरहेको थियो ।

जीवनको अन्तिम क्षणसम्म उसले आफ्नो छालालाई सुःख दिएन । बेला न कुबेला घोचिरह्यो । अनि अन्तिम विकल्पका रूपमा लिङ्गमै सुइ लगायो । सुइ राम्रोस“ग पास नभएपछि लिङ्ग सुन्निन थाल्यो । अरूलाई देखाउन पनि सकेन । साह्रो गाँठो बस्यो । अस्पताल जाँदै थियो । सिद्धार्थचोकमा पुगेर फेरि फर्कियो । खुट्टै नचल्नेगरी दुख्यो उसलाई । सुन्निएको घाउ फुटेर पानी बग्न थालेपछि टेम्पो चढेर घरतिर आयो । झर्दा तिर्ने पैसा पनि थिएन ।

टेम्पोबाट उत्रेपछि मलीन स्वरले "पैसा छैन बाँकीमा भयो" भन्दै ऋण बोकेर खल्च्याङ्-खल्च्याङ् गर्दै घरतिर लाग्यो । दिउँसोको बाह्र बजेतिरमात्र घर पुग्यो । गेटबाट छिर्नेबित्तिकै कुकुर भुक्यो । कुकुरले त बिर्सिएको रहेनछ भन्ने सोचेर आ“खाभरि आँसु पार्‍यो । घरमा कोही पनि थिएनन् । बाहिरको खाटमा सुत्यो ।

रक्सी खाएको बेलामा आमाले गाली गर्दा "... ... तुहिनका दुःखले बाँचेको ... ..." भनेर गाली गरेको सम्झीयो ।

"तुहिन पाएको भए नै बेस हुने थियो" आमाको मायामा पनि प्रश्नचिन्ह लगायो । फेरि आमाले नै पुलिसलाई पक्रन लगाएको सम्झीएर मुटुभरि दुख्यो ।
"रोजीको प्रेम ... ...- प्रेम भनेको धोका त हो नि ! कसैले कसैलाई प्रेम गर्दैन तर झुक्याउँछ ।" मुर्मुरियो ।
"लाहुरे हुन पाएको भए जीवन रवाफिलो हुने थियो । दुनियाँ मेरो सामुन्नेमा झुक्ने थियो । ड्रग्स नै लिए पनि लाहुरे हुन पाएको भए ... ...- अरूलाई जस्तो मलाई पनि मान्ने थिए ।"
अनि गोजीमा भएको सुइ निकालेर फेरि त्यही ठाउँमा लगाउन खोज्यो । पीप र रगत बग्न थाल्यो । असह्य र अचेतन बनेर "ह्या .... ...ह्या... ..." गर्दै कराउन थाल्यो ।
पल्लो घरका गणेशदाइ आए । आँखा चिम्लेर बेहोशमा कराइरहेको थियो । गणेशदाई छेउमा गए । सिनु गन्हाएझैं गन्हाएको थियो ऊ ।

 
उसले बारम्बार दुख्नुभन्दा कहिल्यै नदुख्ने र नब्युँझिने गरी पूर्णविराम लागेकै जाति ... ...!"
 

गणेशदाइले "बज्जु ... बज्जु ..." भन्दै बोलाए । उसको आवाज बन्द भइसकेको थियो । कुकुर एकोहोरिएर बज्जुलाई हेर्दै भुकिरहेको थियो । गणेशदाइ बज्जुलाई बोलाएर थाकिसकेका थिए ।

तरकारी र घरायसी सामान, चारपाँच जोर चप्पल बोकेर बज्जुकी आमा आइपुगिन् ।
"किन यत्राविधि चप्पल ल्याउनुभएको ?" गणेशदाइले सोधे ।
"बज्जुले बेचेर सकिहाल्छ । त्यही भएर... ..." आमाले भनिन् ।
"बज्जु कराइरहेको थियो । के भएछ भनेर आएको" गणेश दाइले हालत बताए ।
बज्जु चटपटाउँदै थियो । हातखुट्टा अररो परेर तन्कायो । गणेशदाइले समात्न खोजे । उसकी आमाले काखमा उसको टाउको राखेर सुम्सुम्याउन थालिन् ।
"अस्पताल लाने हैन ?" गणेशदाइले अत्तालिंदै सोधे ।
बज्जुको जिउ पूरै लूलो भइसकेको थियो । गणेशदाइ छेउमा उभिए । मुखबाट आवाज नै आउन सकेन । उसका अतालिएका आँखामात्र बोले ।

बज्जुकी आमा छोराको हात सुम्सुम्याउ“दै आँखाबाट झरिरहिन् ।

छोरालाई काखमा सुताएर रूँदै भनिन् "घरका सामान पालौ पालो हराउँथे । बाहिरबाट आउँदा फेरेर राखेका कपडा बेचिएका हुन्थे । लगाएका चप्पल बेचिन्थे । घर सजाएर राखेका सामान हुँदैनथे । बेच्न मिल्नेजति सामान बेचेर घर पूर्णरूपमा रित्तिसकेको थियो । सँधै झगडा गरेर आउँथ्यो । पुलिसले पक्रिएर लैजान्थ्यो । उसले जतिसुकै ठूलो बिगार गरे पनि अरूले कुटेको हेर्नुपर्दा मुटुमा भालाले हानेजस्तो हुन्थ्यो । आफ्नो सन्तान अर्काको हातबाट कुटिएको कसले हेर्न सक्छ ? छोराका अनुहारका नीला दाग र छिया-छिया परेको शरीर हेर्दा आफ्नै छाती चाल्नो भएर चुहिन थालेको छ । वास्ता नगरौं भन्दा पनि मायाले मान्दो रहेनछ । 'भित्र' कहाँ-कहाँ फुटेर आउँछ । छोराले बिगार गरेपछि पुलिसले कुटेको र अनुहारका नीला दाग देखेपछि भक्कानो चल्छ । आफूले कति माया गरेर रातदिन नभनी हुर्काएको छोरो पुलिसका हातबाट बेतका लौराले सुम्ला पार्दा मेरै मुटु घाइते भएको छ । कुटाइ उसले खान्छ तर मलाई दुख्छ । उसले जति ठूलै गल्ती गरे पनि मायाले सन्तानको गल्ती छोप्दोरहेछ । मान्छेले संसार जिते पनि सन्तानसँग हार्दोरहेछ ।"

छोराका गालामा सुम्सुम्याएर "हरदिन अर्धमृत छोरो हेर्नुपर्थ्यो" चिम्म गरेर निदाएको छोरो हेरेर आँशुमा छचल्किँदै उनले भनिन् "... ...आखिर छोरो मेरा लागि दुखिरहने घाउ बन्यो । छोराका नीला दागमाथि दोहोर्‍याई तेहेर्‍याई दाग थपिन्थे । पटक-पटक पुलिसलाई छोरो पक्रिदेओ भनेर अनुरोध गर्नु र पुलिसले कुटेको हेर्नुपर्थ्यो । उसले बारम्बार दुख्नुभन्दा कहिल्यै नदुख्ने र नब्युँझिने गरी पूर्णविराम लागेकै जाति ... ...!" उनी छोराको छातीमा घोप्टो परिरहिन् ।

Server Update Time: -25-02-2009 | 10: 00 PM - GMT +4:00

All Rights Reserved © 2007 E-nepali News Network
Site Best viewed with 1024X768 pixels & IE 6+ | FireFox 2+

Site has been visited : stimes since Jan 2007.